सलमान खानलाई पाँच वर्षको जेल सजाय - Recent Nepal News
Headlines News :
Home » » सलमान खानलाई पाँच वर्षको जेल सजाय

सलमान खानलाई पाँच वर्षको जेल सजाय

Written By sb179 on Wednesday, May 6, 2015 | 2:10 AM

मुम्बईस्थित सेसन कोर्टले सलमानको १३ वर्ष पुरानो मुद्दामा फैसला सुनाउँदै सलमानलाई  भवितब्य व्यक्ति हत्या अन्तर्गत दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको छ। मुम्बईको सेसन कोर्टले सलमान माथि लगाइएका चारवटै आरोपहरुमा उनलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। सजायसँग अदालतले  उनलाई२५ हजार भारु जरिवाना तिर्ने आदेश पनि दिएको छ। सलमानमाथी १३ वर्ष अगाडी सन् २००२मा भएको 'हिट एण्ड रन'केसमा ३०४ को भाग २ को भवितब्य व्यक्ति हत्या, ३३७को अर्काको जीवन खतरामा पारेको, ४२७ अन्तरगत सार्वजनिक सम्पतीमाथी हानी नोक्सानी पुर्‌याएको र २७९ अन्तरगत लापरवाहीपूर्वक गाडी चलाएको आरोपहरु लगाइएको थियो।
अदालतले घटनाको समयमा गाडी सलमानले मादकपदार्थ सेवन गरेर गाडी नै चलाएको ठहर गरेको थियो। घटनाको समयमा उनीसँग सवारी चालक अनुमति पत्र पनि थिएन। घटनामा परि एक व्यक्तिले ज्यान गुमाएका थिए भने ३ जना घाइते हुन पुगेका थिए। सजाय सुनाउँदा अदालतले सलमान खानका चालकले गाडी सलमानले नभई आफूले चलाएको भन्ने साबिति बयानलाई अस्विकार गरेको थियो। सजाय सुनाइनु अघि सलमानका वकीलले अदालतसमक्ष सलमान खान विरामी रहेको, करिब ६०० बच्चाहरुको उपचार गरेको र समाजसेवामा ४५ करोड भन्दा बढी खर्च गरेको र पीडित परिवारलाई क्षतिपुर्ति दिन पनि तयार रहेको जनाउँदै तीन वर्षभन्दा बढी कैद सजाय तोक्न अनुरोध गरेका थिए। तर अदालतले उनका वकीलको यो अनुरोधप्रति कुनै सहानुभुति देखाएनन्। अदालतले सलमानलाई ३ वर्षभन्दा बढीको सजाय तोकेकाले आजै जेल जानेछन। सलमानको तर्फबाट मुद्दा लडिरहेका वकिलले आजै हाइकोर्टमा अपिल गर्ने बताएका छन्।
फैसलापछि पीडिततर्फकी याचिकाकर्ता आभा सिंहले 'सत्यको जीत भएको' प्रतिक्रिया दिएकी छन्। 
सलमानको मुद्दामा गत अप्रिलमा बहस गर्ने काम सक्किएको थियो। अदालतको फैसला सुन्नका लागि सलमान आफ्नी दुई बहिनी अलबिरा खान, अर्पिता खान र भाइ सोहेल खानकासाथ  भारतीय समय अनुसार साँढे दश बजे  अदालत पुगेका थिए।अदालतले सलमानलाई दोषी ठहर गरे लगत्तै उनीहरु अदालतबाट बाहिरिएका थिए भने मुम्बई प्रहरीले सलमानलाई न्यायिक हिरासतमा लिएको थियो। सलमानमाथि सुरुमा लापरवाही तरिकाले गाडी चलाएको आरोपमा मात्र मुद्दा चलाइएको थियो तर पछि अदालतले मुद्दालाई नयाँ शिराबाट हेर्नुपर्ने बताएपछि उनीमाती भवितब्य ज्यान मुद्दा दायर गरिएको थियो। सम्पूर्ण घटनाक्रममा कुल २७ जनाले अदालत समक्ष बयान दिएका थिए।
सलमानलाई माथिल्लो अदालतमा अपिल गर्ने बाटो अझै खुल्ला छ । माथिल्लो अदालतमा उनले सफाइका लागि र जमानतका लागि दाबी गर्नसक्नेछन् तर त्यससम्बन्धमा अर्को आदेश जारी नभएसम्म भने उनी जेलमा बस्नुपर्नेछ। उनलाई आर्थररोड जेल लगिनेछ।
अदालतको यस फैसलाले सबैभन्दा बढी मारमा उनका सुटिङरत फिल्महरुमाथी पर्नेछ। उनका दुई फिल्म कबिर खान निर्देशित 'बजरगी भाइजान' र सुरज बड्जात्या निर्देशित 'प्रेम रतन धन पायो'को छायाकंन चलिरहेको छ। सजायसँगै करिब २५० करोड रुपयाँको लगानी अन्योलमा परेको छ।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Recent Nepal News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger